Home बजार ९ ओटा कम्पनीको शेयर मूल्य ९ % भन्दा बढीका दरले वृद्धि

९ ओटा कम्पनीको शेयर मूल्य ९ % भन्दा बढीका दरले वृद्धि

by अर्थन्यूज

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा बुधवार कारोबार भएका २०७ ओटा कम्पनीमध्ये ९ ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ । 

यो समाचार तयार पार्दाखेरिको समय २ :२५ बजेसम्ममा सबैभन्दा बढी कर्पोरेट डेभलपमेण्ट बैंकको १० प्रतिशतले वृद्धि भएको छ ।

त्यसपछि क्रमश ः आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९९ प्रतिशत,फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९७ प्रतिशत, युनाइटेड फाइनान्सको ९ दशमलव ९४ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ८९ प्रतिशत,गोर्खाज फाइनान्सको ९ दशमलव ८८ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९ दशमलव ७२ प्रतिशत,इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९६ प्रतिशत र समृद्धि फाइनान्सको शेयर मूल्य ९ दशमलव ५२ प्रतिशतका दरले वृद्धि भएको हो । 

बजार बढेसँगै ती कम्पनीको शेयर मूल्यमा अत्याधिक खरीद चाप भएकाले शेयर मूल्य वृद्धि भएको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More