काठमाडौं – पोखरा फाइनान्सको साधारण सभा बुधवार सम्पन्न भएको छ । सभा दरबारथोक ब्याक्वेंट बास्तोलाथर, पोखरामा आयोजित सभाले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले पोखरा फाइनान्स र अन्य कुनै उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ९६ करोड ३१ लाख पुगेको छ ।
Facebook Comments