काठमाडौं – सेन्ट्रल फाइनान्स लिमिटेडले २४औं वार्षिक साधारणसभा माघ २३ गते आयोजना गर्ने भएको छ । कम्पनीले सेन्ट्रल फइनान्सको कर्पाेरेट भवन, कुपण्डोल, ललितपुरमा बिहान ११ बजे सभा गर्ने भएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ३ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनश शेयर गरी १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । संस्थाको प्रबन्ध पत्रको प्रस्तावित संशोधनमा नियमन निकायबाट कुनै निर्देशन वा सुझाव दिएमा सोही अनुरुप आवश्यक समायोजन गर्न संस्थाको सञ्चाचलक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।