Home बैंकिङ प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरु गर्न १७ माघमा भेला

प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरु गर्न १७ माघमा भेला

by अर्थन्यूज

काठमाडौं – प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरु गर्न १७ माघमा प्रारम्भिक भेला काठमाडौंमा हुने भएको छ ।देशभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्ने गरी बैंक स्थापना गर्न प्रक्रियाअघि बढाइएको हो । देशभरीकै सहकारी संस्थाको प्रतिनिधित्व हुने गरी बैंक स्थापनाको तयारी भइरहेको छ । प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको छ ।

प्रारम्भिक भेला सँगै विभागमा दर्ता प्रक्रिया गर्ने र राष्ट्र बैंकबाट स्वीकृत लिने प्रक्रियाअघि बढाइने भएको छ । नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार भेलालगत्तै प्रक्रियाअघि बढ्ने र मुलुककै सहकारी क्षेत्रको सबैभन्दा ठूलो बैंक हुनेछ ।

संस्था दर्ता हुन ५ सय १ सहकारी संस्था आवश्यक पर्छ । तीमध्ये हालसम्म करिब १ हजार संस्था दर्ता प्रक्रियामा सहभागि हुने तयारी भइरहेको छ । बैंकमा सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनु पर्नेछ । बैंक स्थापना हुन आवश्यक भन्दा बढी नै फाइल संकलन भइसकेको भण्डारीले बताए । 

सहकारी ऐन-२०४८ मा भएको व्यवस्था अनुरुप स्थापना भएको बैंक सञ्चालनमा छ । तथ्यांकअनुसार  सहकारी बैंकमा करिब १२ हजार मात्र सदस्य छन् । बैंकले सहकारी संघसंस्थासँग मात्र कारोबार गर्न पाउने व्यवस्था छ । नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख भएपछि नया बैंक स्थापना प्रक्रियाअघि बढाइएको हो । हाल सञ्चालनमा रहेको सहकारी बैकले नेपाल राष्ट बैकबाट बैकिंङ अनुमति पाएको छैन ।

राजधानीको कार्की बैङक्वेटमा आयोजना हुने भेलामा आवेदन दिन र छलफल गर्न देशभरका सहकारीका प्रतिनिधि आउने छन् । सहकारी ऐन २०७४ को परिच्छेद ८ को धारा ५३ मा सहकारी बैंक स्थापना गर्न पाउने व्यवस्था छ । सो ऐनको धारा ५४ देखि ६० सम्म बैकको विषयमा व्याख्या गरिएको छ ।

त्यस्तै, सहकारी नियमावली-२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५ सय १ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । आवेदन दिने संस्था वा संघहरुको संयुक्त सेयर पुँजी कम्तिमा तीनअर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पुँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने प्रावधान राखिएको छ ।

सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । बैक दर्ता प्रकृया शुरु गर्न प्रारम्भीक भेलाका निर्णय, व्यावसायीक कार्ययोजना, शेयर पुँजी तथा शुल्कवापत संकलित रकमको भरपाई, स्वघोषणापत्र, विभागले तोके बमोजिम एक दिवसीय पुर्व सहकारी शिक्षा प्राप्त गरेको प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ ।  

हाल सञ्चालनमा रहेको सहकारी बैकले सबै सहकारीलाई समेट्न नसकेको जनाउँदै ऐनअनुसार नयाँ बैक दर्ता पक्रिया सुरु गर्न भेला आयोजना गर्न लगिएको संयोजक भण्डारीले बताए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More