काठमाडौं – बिहीवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा बिहीवार सुनको भाउ रू. ८०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार ९०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ८०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै, बिहीवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधवार प्रतितोला रू. एक हजार २६० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. एक हजार २४५ खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. १५ ले घटेको हो ।