चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा सात वटा प्रदेश सरकारले कुल ६१ अर्ब २७ करोड रुपैयाँ प्राप्ति गरेको छ । प्राप्ति गरेको रकममध्ये प्रदेश सरकारले ६० प्रतिशत खर्च गरेका छ ।
सात वटै प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालबाट प्राप्त विवरण केलाउँदै नेपाल राष्ट्र बैंकले प्रदेश सरकारले पाँच महिनाको अवधिमा साे रकम प्राप्ति गरेको उल्लेख गरेको छ ।
प्रदेश सरकारले प्राप्त गरेको रकममा संघीय सरकारले दिने अनुदान र राजस्व बाँडफाँडबाट ३७ अर्ब ४३ करोड रुपैयाँ प्राप्ति गरेको छ ।
त्यस्तै, प्रदेश सरकारको राजस्व गत वर्षको बचत बजेट र अन्य स्रोतबाट २३ अर्ब ८४ करोड रुपैयाँ प्राप्त गरेको छ ।
पाँच महिनाको अवधिमा प्रदेश सरकारले ३२ अर्ब १७ करोड रुपैयाँ खर्च गरेका छन् ।