Home लगानि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न बोलायो सभा

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न बोलायो सभा

by अर्थन्यूज

काठमाडौं – सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन निष्कासन गर्ने प्रस्ताव पारित गर्न माघ २२ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

प्रिमियममा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न कम्पनीले रजिष्टर्ड कार्यालय बत्तिसपुतली, काठमाडौंमा सभा बोलाएको हो । सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभामा आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने तथा आर्थिक वर्ष २०७७/ ७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ ।पश्चिम नेपालको दाङमा उक्त कम्पनीले सिमेन्ट उत्पादन गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More