काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं वार्षिक सधारण सभा बुधवार चन्द्रागिरि हिल्स रिर्सोटमा सम्पन्न भएको छ ।कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तीयअवस्था, मुख्यउपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।
साधारण सभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण शेयरमाआवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छूटको व्यवस्था गरेको जानकारी दिइयो ।
कम्पनीको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्युन रहेकोले सम्पूर्ण आवेदकहरुको सम्मानका लागि यो योजना सार्वजनिक गरिएको सो अवसरमा कम्पनीका अध्यक्ष ढकालले बताए ।
सर्वसाधारणकालागि खुलागरिएको शेयरमा आवेदन दिने १२लाख ५६ हजार ७४६जना आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छूट सुविधाकालागि टिकट काउन्टरमा देखाउनुपर्ने पनि कम्पनीले बताएको छ ।कम्पनीले उक्त योजना माघ ५ गतेदेखि एक वर्षसम्मको लागि मान्य हुने बताएको छ ।
