Home कोरोना विशेष डब्लूएचओका अनुसन्धानकर्ताहरु कोभिड- १९ भाइरसको उत्पतिको अनुसन्धान गर्न वुहानमा

डब्लूएचओका अनुसन्धानकर्ताहरु कोभिड- १९ भाइरसको उत्पतिको अनुसन्धान गर्न वुहानमा

by अर्थन्यूज

पेचिङ  – विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का अनुसन्धानकर्ताहरु बिहीवार चीन पुगेका छन् ।

१३ जना अनुन्सन्धानकर्ताहरु सम्मिलित डब्लूएचओको टोली कोरोना भाइरसको उत्पति भएको ठानिएको वुहान शहर पुगेका हुन् । उनीहरु अवको १३ दिनसम्म अन्तरराष्ट्रिय यात्रा सम्वन्धि स्वास्थ्य प्रोटोकल अनुसार  क्वारेन्टाइनमा बस्नेछन् ।

क्वारेन्टाइन अवधि पारगरेपछि ती अधिकारीहरुले कोभिड- १९ भाइरसको उत्पतिको विषयमा चीनमा अनुसन्धान गर्ने डब्लूएचओले बताएको छ ।

शुरुमा भने डब्लूएचओले कोभिड- १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । तर  चीनले भने डब्लूएचओका अनुसन्धानकर्ताहरुलाई प्रवेश गर्न दिएको थिएन ।

गत शनिवार चीनले ती अनुसन्धानकर्ताहरुलाई अनुसन्धानको लागि अनुमति दिइएको बताएको छ । चीनको वुहान शहरमा कोभिडको भाइरस उत्पत्ति भएको बताइएको छ । बिहीवार डब्लूएचओका अनुसन्धानकर्ताहरु आइपुग्दा चिनियाँ पक्षले स्वागत गरेका थिए ।  एजेन्सी

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More