Home साधारण सभा एनआरएन इन्फ्रास्टक्चरको आठौं वार्षिक साधारणसभा माघ २५ गते

एनआरएन इन्फ्रास्टक्चरको आठौं वार्षिक साधारणसभा माघ २५ गते

by अर्थन्यूज

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आठौं वार्षिक साधारणसभा माघ २५ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको गत पुस १५ गते बसेको बैंठकले अकामा होटल, सुकेधार काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभामा उपस्थित हुनको लागि शेयरधनीहरुलाई भर्चुअल माध्यमको व्यवस्था गरिएको छ । 
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्तपूँजीको २.८५ प्रतिशत बोनस शेयर र ०.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७६/७७ को वार्षिक नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट ६ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । 

साधारणसभा प्रयोजनको लागि माघ १२ गते एक दिन शेयरधनी  दर्ता किताब बन्द गरिनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माघ ११ गतेसम्म कारोबार गर्ने शेयरधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More