Home बजार नेप्सेमा २ ओटा कम्पनीको मूल्य समायोजन

नेप्सेमा २ ओटा कम्पनीको मूल्य समायोजन

by अर्थन्यूज

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार दुई ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले नेशनल लाइफ इन्स्योरेन्स र तिनाउ मिसन डेभलपमेन्ट बैंकको मूल्य समायोजन गरेको हो । 

दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले नेशनल लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ६४ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार १७० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र रू. १ करोड ६२ लाख २४ हजार ३५१ नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्न माघ १५ गते साधारण सभा बोलाएको छ । कम्पनीले केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे सभा बोलाएको हो ।

त्यस्तै, नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. १८६ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बुधवार कम्पनीको शेयर प्रतिकित्ता रू. १९७ मा अन्तिम कारोबार भएको थियो 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ८१ करोड ३१ लाख को ६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न १४औं वार्षिक साधारण सभा माघ १५ बोलाएको छ । कम्पनीले अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट प्रालि, बुटवलमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More