Home कर्पोरेट माछापुच्छ्रे र कृति क्यापिटलको आजदेखि एकीकृत कारोबार शुरु

माछापुच्छ्रे र कृति क्यापिटलको आजदेखि एकीकृत कारोबार शुरु

by अर्थन्यूज

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल लिमिटेडले आज देखि एकीकृत कारोबार शुरु गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै क्यापिटललाई पौष ९ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पौष १७ गते स्वीकृती प्रदान गरेको थियो ।

मर्जर पश्चात माछापुच्छ्रे कृति क्यापिटल​को नामबाट एकीकृत कारोबार हुनेछ । एकिकृत कारोबारपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय साविकको कृति क्यापिटलको कार्यालय रहेको स्थान बागदरबार, सुन्धारामा रहने जनाइएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More