Home बजार आज रू. ४०० ले उकालो लाग्यो सुनको मूल्य

आज रू. ४०० ले उकालो लाग्यो सुनको मूल्य

by अर्थन्यूज

काठमाडौं – शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा शुक्रवार पहेँलो धातु सुनको भाउ रू. ४०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ५०० कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार १०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ४०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको थियो । 

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि उकालो लागेको छ । बिहीवार प्रतितोला रू. एक हजार २४५ मा कारोबार भएको चाँदी शुक्रवार रू. १ हजार २६० मा खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. १५ ले बढेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More