Home लगानि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा पहिलो दिनमा २ लाख ८५ हजार ३१८ जनाले दिए आवेदन

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा पहिलो दिनमा २ लाख ८५ हजार ३१८ जनाले दिए आवेदन

by अर्थन्यूज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा पहिलो दिनमा २ लाख ८५ हजार ३१८ जनाले आवेदन दिएका छन् ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रवार साढें ४ बजे सम्ममा कुल निष्काशनको ४८ दशमलव ८७ प्रतिशत शेयरको लागि आवेदन परेको हो ।

विक्री प्रबन्धकका अनुसार सो अवधिसम्ममा ३ करोड ७० लाख ६२ हजार ६७० कित्ता शेयरको लागि ३ अर्ब ७० करोड रुपियाँ बराबरको आवेदन परेको छ ।

कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सबैभन्दा बढी रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गरेको हो ।

सबै आवेदकले पाउने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीले बताएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More