Home यातायात काठमाडौं–ढाका बस तथा विराटनगर–बंगलादेश हवाई सेवा चाँडै शुरु गरिने

काठमाडौं–ढाका बस तथा विराटनगर–बंगलादेश हवाई सेवा चाँडै शुरु गरिने

by रासस

काठमाडौं – बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात (हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताएका छन् । 

नेपाल बंगलादेश मैत्री संघको आयोजनामा नेपाल बंगलादेश सम्बन्ध र व्यापार विषयमा भएको भर्चुअल मिटिङमा उनले काठमाडौं–ढाका बस सेवा तथा विराटनगर–बंगलादेश हवाई सेवा चाँडै शुरु गरिने जानकारी दिए । 

बंगलादेशका प्रा शेख महमुन्द एलोनले शिक्षा र स्वास्थ्यको विकासमा दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । डा जहरुल इस्लामले नेपाली विद्यार्थी मेहनती र इमान्दार रहेको जनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाललाई लगानी बढाउन सुझाव दिए । 

प्रा डा अब्दुस सत्तरले दुई देशले भारतसँगको पनि सम्बन्ध अघि बढाएमा यातायात, कृषि, ढुवानी, वातावरणलगायत विषयमा सहज हुने विश्वास व्यक्त गरे । डा इफ्तेखारुल हकले दुवै देशबीचको सम्बन्ध विकास व्यावहारिक रुपमा हुनुपर्ने बताए । डा के शेल्लीले महिला अधिकार र गरीबी उन्मूलनमा दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिए । 

मैत्री संघका अध्यक्ष दीनदया रिजाल र संघका बंगलादेश च्याप्टरका संयोजक इम्दादुल तैय्यव हकले सरकार, कूटनीतिक र जनता जनताबीचको सम्बन्ध, पर्यटन अभिवृद्धि तथा साहित्य, कला र संस्कृतिको विकासमा दुवै देशबीच आदानप्रदान गर्नुपर्ने सुझाव दिए । 

संघका सल्लाहकार धर्मराज बरालले एकअर्काले आआफ्ना धर्म, कला र संस्कृतिको सम्मान गर्नुपर्ने विचार व्यक्त गरे । बिहीवार साँझ भएको बैठकमा साहित्यकार तथा समाजसेवी भक्तराज रञ्जितले साहित्य एवम् कलाको आदानप्रदान गर्दै  दुवै देशका जनता जागृत भई लाग्नुपर्ने धारणा राखे ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More