Home मौसम तराई–मधेशमा चिसो वृद्धि,जनजीवन कष्टकर बन्दै

तराई–मधेशमा चिसो वृद्धि,जनजीवन कष्टकर बन्दै

by अर्थन्यूज

राजविराज – तीन/ चार दिनदेखि तराई–मधेशमा एक्कासी बढ्दै गएको हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ ।

एक्कासी वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहर बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो ।

तीन/ चार दिनदेखि तराईका क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसँगै गाईगोरु, खसीबाख्रा, भैंसी जस्ता घरपालुवा जनावरलाई पनि थप असर परेका कारण कष्टकर देखिएको छ  । तराईवासीले केही दिनदेखि सूर्यका किरण नउदाउँदा घामको अनुभूतिसमेत भएको छैन । सध्याकालदेखि बिहान ९–१० बजेसम्म बाक्लो कुहिरो लाग्ने गरेको छ ।  

बाक्लो कुहिरो लागेका कारणले पूर्वपश्चिम राजमार्ग र सहायक मार्गको सडकमा आवतजावत गर्ने सवारी चालकले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरासमेत बढेको ट्रक चालक किरपानन्द यादवले बताए ।  

विगत वर्षमा कुहिरो लाग्ने समयको भन्दा यो वर्ष फरक रहेको छ । प्रायः पुस महीनाको प्रारम्भमै अर्थात् अन्तिम डिसेम्बरदेखि जनवरीसम्म कुहिरो लाग्ने गर्दथ्यो । यस वर्ष चाहिं पुसको अन्तिम र माघको पहिलो हप्तामा बाक्लो कुहिरो लागेको हनुमाननगर कंकालनी नगरपालिका वडा नं २ का वृद्ध गोसाई मण्डलले बताए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More