Home कर्पोरेट नेपाल क्लियरिङ हाउसको कर्पोरेट पे प्रणाली सुरु

नेपाल क्लियरिङ हाउसको कर्पोरेट पे प्रणाली सुरु

by अर्थन्यूज

काठमाडौं – नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले शुक्रबार अनलाइन कार्यक्रम आयोजना गरीे बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकका लागि कर्पोरेट पे प्रणाली सुरु गरेको छ । यो प्रणालीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे ।

कर्पोरेट पे प्रणाली बैंक÷वित्तीय संस्थाका व्यावसायिक ग्राहकका लागि सहज रूपमा डिजिटल भुक्तानी गर्न प्रदान गरिएको भुक्तानी प्लेटफर्म हो ।

यो प्रणालीको सुरुआतसँगै अब व्यावसायिक संस्थाहरूले नगद वा चेकको सट्टामा वैकल्पिक च्यानल प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यी भुक्तानी कनेक्ट आईपीएसमार्फत रियल–टाइममा तथा एनसीएचएल–आईपीएसमार्फत नन–रियल–टाइममा हुनेछन् ।

यस प्रणालीमार्फत अन्तरबैंक र  सोही बैंकको फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, सामाजिक सुरक्षा कोषको योगदान भुक्तानी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको भुक्तानी र अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी सजिलै गर्न सकिन्छ ।

कर्पोरेट पे सेवा लिन व्यावसायिक ग्राहकले आफ्नो बैंकमा सम्पर्क गरी स्वीकृति प्राप्त गर्नुपर्नेछ । यसपछि भने ग्राहकका प्रयोगकर्ता आफैंले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानी बैंकको प्रत्यक्ष संलग्नताबिनै गर्न सक्नेछन् ।

सो सीमाभन्दा बढीको कारोबार गर्न बैंकले थप चेक जाँचपछि प्रोसेस हुने व्यवस्था रहेको छ ।

कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी,  शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक भुवन कँडेल, देवकुमार ढकाललगायतको उपस्थिति थियो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More