Home शेयर बजार मुक्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

मुक्तिनाथ विकास बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

by अर्थन्यूज

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले शेयरधनीको बैंंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकको गत पुस २५ गते सम्पन्न १४औं वार्षिक साधारणसभाले पारित गरेको ४.२६ प्रतिशत नगद लाभांश पुस १२ गतेसम्म बैंक खाता अद्यावधिक गराउँने शेयरधनीहरुको बैंक खातामा लाभांश जम्मा गरिदिएको हो । 

उक्त मितिपश्चात् बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा पनि नगद लाभांश बैंक खातामा नै जम्मा गरिने बैंकले जनाएको छ । आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न बैंकले आग्रह गरेको छ । 

साथै, कम्पनीको शेयर पुस १२ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भएपश्चात् मात्र बैंक खातामा जम्मा गरिदिने बताइएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More