Home बजार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा करीब १० करोड कित्ताको माग, आवेदन ८ लाख नाघ्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा करीब १० करोड कित्ताको माग, आवेदन ८ लाख नाघ्यो

by अर्थन्यूज

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खरीदका लागि आइतवारसम्म ८ लाख २ हजार ७०८ जनाको आवेदन परेको छ । अपरान्ह साढे ४ बजेसम्म यी आवेदकहरुबाट ९ करोड ९४ लाख ६ हजार ७४० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले बताएको छ । 

उक्त कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सवैभन्दा बढी रू. ८ अर्ब बराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ ।

सबै आवेदकले पाउने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्मको मिति तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुनेछ । 

यो आईपीओ विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्ता नागरिक लगानीकोष रहेको छ । खरीदकर्ताहरुले विक्री प्रवन्धकसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरोशेयर एपबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले बैंकको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी” रेटिङ्ग प्रदान गरेको छ ।अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको उक्त कम्पनीको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More