Home बजार प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९६% ले बढ्यो

प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९६% ले बढ्यो

by अर्थन्यूज

काठमाडौं – आइतवार प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९८ पुगेको छ ।

मार्केट डेप्थमा विक्री चाप शून्य छ भने ९ लाख ५१ हजार ८६९ कित्ता खरीद माग रहेको छ । यो समचार तयार पर्दासम्म कम्पनीको ७० कित्ता शेयर खरीदविक्री भएको छ । 

कम्पनीको शेयर कारोबार तल्लो मूल्यबाट शेयर कारोबार खुला भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. १०९ दशमलव ५६ देखि ३२८.६८ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणा बढीसम्म मूल्य तोक्ने गर्दछ । 

कम्पनीले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा १० लाख ४९ हजार ४७ जना योग्य आवेदकबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता शेयरको लागि रू. २ अर्ब ७८ करोड बराबरको आवेदन परेको थियो । ५ लाख ४० हजार आवेदकले १० कित्ता शेयर पाएका थिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More