Home लगानि चन्द्रागिरी हिल्सको आईपीओ यसै साताभित्र बाँडफाँट हुने

चन्द्रागिरी हिल्सको आईपीओ यसै साताभित्र बाँडफाँट हुने

by अर्थन्यूज

काठमाडौं – चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ यसै साताभित्र बाँडफाँट हुने भएको छ । 

विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलवारभित्र प्रि- अलोटमेण्ट सम्पन्न गर्ने तयारी गरेको हो । क्यापिटलले बाँडफाँटको मिति तय नभएपनि यसै साताभित्र बाँडफाँट भइसक्ने जानकारी दिएको हो ।

उक्त कम्पनीको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धकका अनुसार १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता शेयरको लागि आवेदन दिएका हुन । 

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । 

उक्त कम्पनीको आईपीओमा मागभन्दा १७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा वितरण हुनेछ । योग्य आवेदकमध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी दुई कित्ता थप दुई जनाले एक एक कित्ताका दरले पाउनेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री गरेको हो । सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार पुग्नेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More