Home लगानि गुहेश्वरी मर्चेण्ट बैंकिङ्गले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिने

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिने

by अर्थन्यूज

काठमाडौं – गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले शेयरधनीको बैंंक खातामा नगद लाभांश जम्मा गरिदिने भएको छ । कम्पनीको गत पुस २८ गतेको साधारणसभाले पारित गरेको नगद लाभांश माघ ५ गते (आज) देखि शेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको हो । गत पुस २० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा कम्पनीको साधारणसभाले पारित गरेको ३.४ प्रतिशत नगद लाभांश आजदेखि बैंक खातामा जम्मा गरिदिने जानकारी गरिएको छ । 

उक्त मितिपश्चात् हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुलाई अद्यावधिक गरेपछि मात्र लाभांश खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । शेयर प्रमाणपत्र अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ । 

साथै, पुस २० गतेसम्म आफ्नो शेयर धितो बन्धक राखि कर्जा लिएका शेयरधनीहरुको हकमा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त भए पश्चात मात्र बैंक खातामा लाभांश जम्मा गरिने छ । सो मिति पश्चात कर्जा चुक्ता भूक्तानी गरेका शेयरधनीको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको फुकुवा पत्र प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने छ । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More