Home बैंकिङ आइतबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले एकिकृत कारोबार गर्ने

आइतबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले एकिकृत कारोबार गर्ने

by अर्थन्यूज

काठमाडौँ – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स लिमिटेडले माघ ११ गते आइतबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न मंसिर १९ गते, आइतबार अन्तिम स्वीकृति प्रदान गरेको थियाे । दुवै कम्पनीकाे असाेज २८ गते, बुधबार सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि पाैष ३ गते स्वीकृती प्रदान गरिसकेकाे छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० कित्ताको अनुपातमा गाभ्न थालेकाे हाे । यसकाे मतलव सिटी एक्सप्रेसको १०० कित्ता शेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता शेयर पाउनेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More