काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे नाफा आकर्षक ढङ्गले बढेकाे छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १६२.६२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
दोस्रो त्रैमासमा बैंकले ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १९.८५ प्रतिशतले धेरै हाे । त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले सञ्चालन मुनाफा पनि ६४.३२ प्रतिशतले बढाएर ३४ करोड ६९ लाख ५६ हजार रुपैयाँ पुर्याएकाे छ । बैंककाे गत वर्षको यसै अवधिमा १० लाख २४ हजार रुपैयाँ मात्र रहेको गैर सञ्चालन आम्दानी पनि यस वर्ष बढेर २१ करोड २ लाख ५४ हजार रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी र सञ्चालन मुनाफा तथा गैर सञ्चालन आम्दानी बढेसँगै बैंककाे नाफा आकर्षक ढङ्गले बढ्न मद्दत पुगेकाे हाे ।
त्यस्तै, बैंककाे चुक्ता पूँजी २ अर्ब ५४ करोड एक लाख ९५ हजार रुपैयाँ, जगेडा कोषमा ४९ करोड ५३ लाख १८ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७१ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९ पैसा रहेकाे छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
