Home फिचर पहिलो घण्टामा १४.४८ अंकले बढ्यो नेप्से

पहिलो घण्टामा १४.४८ अंकले बढ्यो नेप्से

by अर्थन्यूज

काठमाडौं – सोमवार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १४ दशमलव ४८ अंकले बढेर २ हजार ३२९ दशमलव ४८ विन्दुमा पुगेको छ ।   

२ हजार ३३३ दशमलव ८८ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ६३ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९५ ओटा कम्पनीको १३ हजार ४४२ पटकको कारोबारमा २८ लाख ८४ हजार ४४६ कित्ता शेयरको रू. १ अर्ब ४७ करोड ८१ लाख १५ हजार बराबरको खरीदविक्री भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

कारोबारको पहिलो घण्टामा सिभिल लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेण्ट बैंक, हाइड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेण्ट र बरुण हाइड्रोपावरकोे शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १० करोड ६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३६४ मा कारोबार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More