Home बजार आज १७.३१ अंकले नेप्से बढ्दा ६ अर्ब ३१ करोडभन्दा बढीको शेयर कारोबार

आज १७.३१ अंकले नेप्से बढ्दा ६ अर्ब ३१ करोडभन्दा बढीको शेयर कारोबार

by अर्थन्यूज

काठमाडौं – सोमवार शेयर बजार १७ दशमलव ३१ अंकले उकालो लागेको छ । यो दिन बजार २ हजार ३३२ दशमलव ३२ विन्दुमा बन्द भएको हो । 

आइतवार २ हजार ३१५ विन्दुमा बन्द भएको बजार सोमवार २ हजार ३३३ दशमलव ८८ विन्दुदेखि खुला भएको थियो । सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५६ अंक बढेर १४२ दशमलव ९१ विन्दुमा पुगेको छ ।

परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतवार रू. ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार बराबरको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर कारोबार भएकोमा सोमवार रू. ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार बराबरको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर कारोबार भएको हो । 

यो कारोबार २०७ ओटा कम्पनीको ५१ हजार ८१३ पटकको व्यापारमा भएको हो । कुल कारोबारमा सर्वाधिक हिस्सा भने प्रभु बैंकले ओगटेको छ । प्रभु बैंकको यो दिन रू. ३३ करोड ४६ लाख ९४ हजार बराबरको शेयर कारोबार भएको हो । 

यस दिन सिभिल लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने यो बाहेक १७ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

विशाल बजार कम्पनीको ९ दशमलव ९८ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ९८ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९६ प्रतिशत, आरम्भ चौतारी लघुवित्त, सामूदायिक लघुवित्त, समिट लघुवित्त र गुराँस लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, तारागाउँ रिजेन्स होटल र कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ८७ प्रतिशतले शेयरमूल्य बढेको  छ

त्यस्तै, नेपाल फाइनान्सको ९ दशमलव ७६ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७३ प्रतिश, बरुण हाइड्रोको ९ दशमलव ६८ प्रतिशत, कामना सेवा विकास बैंकको ९ दशमलव ६७ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९ दशमलव ४९ प्रतिशत र छ्याङ्दी हाइड्रोको ९ दशमलव ०९ प्रतिशतले शेयरमूल्य बढेको हो । 

यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ४ दशमलव १४ प्रतिशतले घटेको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७ ले घटेर अन्तिम मूल्य रू. १६२ कायम भएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More