काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा फागुन २ गते आइतवार हुने भएको छ । कम्पनी सञ्चालक समितिको गत पुस २९ गते बसेको बैंठकले आम्रपाली ब्याङ्कवेट, नक्साल काठमाडौंमा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले सर्वसाधारण शेयर निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ को वासलात नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७६÷७७ को लागि कम्पनीको लेखापरीक्षकमा अहिलेकै लेखापरीक्षक देवकी बिजय एण्ड क., चार्टर्ड एकाउन्टन्ट्स् पुनः नियुक्ति गर्ने प्रस्ताप पनि पारित गर्नेछ ।