काठमाडौं – नेपाल फाइनान्स लिमिटेडको अवितरित हकप्रद शेयरहरु बाँडफाँड भएको छ । गत पुस १७ गतेदेखि २४ गतेसम्म लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आब्हान गरिएको संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९ कित्ता हकप्रद शेयर बोलपत्रदाताहरुको रोहबरमा बोलपत्रहरु खोलिएको हो ।
उक्त आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम सोझै आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरिएको बैंक खाता नम्बरमा आज (माघ ६ गते) देखि जम्मा गरिदिने कम्पनीले जनाएको छ । उक्त हकप्रदको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो ।
Facebook Comments