Home फिचर मेचीपारि सीमानाकामा पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

मेचीपारि सीमानाकामा पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

by रासस

झापा – पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । 

भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रू. १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमवार उद्घाटन गरिएको हो । बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका हुन् ।

वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट विसं २०७७ जेठ २४ गतेबाट निर्माणकार्य शुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो । 

सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको आपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले बताए । 

मेची नदीपारि पनि नेपाली बस्ती ठूलो छ । मेचीनगर नगरपालिका–१५, भद्रपुर– ५ र ३ मा नेपाली बस्ती रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More