Home बजार उकालो लाग्ने क्रममा सुन तथा चाँदीको मूल्य

उकालो लाग्ने क्रममा सुन तथा चाँदीको मूल्य

by अर्थन्यूज

काठमाडौं – नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा बुधवार सुनको भाउ रू. ५०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलवार प्रतितोला रू. एक हजार २४५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार २६० मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. १५ ले बढेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More