Home कोरोना विशेष नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० ओटा देशमा पुग्यो: डब्लूएचओ

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० ओटा देशमा पुग्यो: डब्लूएचओ

by रासस

जेनेभा – कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० ओटा देशमा पुगेको छ ।

विश्व स्वास्थ्य संगठन( (डब्लूएचओ) ले बुधवार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० ओटा देशमा पुगेको छ । डब्लूएचओले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ ।     
     
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ । डब्लूएचओले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र कोरोना भाइरसबाट करीब ९३ हजार जनाको ज्यान गएको छ ।     
     
तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । पछिल्लो समयमा यूरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ ।

यूरोपेली यूनियनले पछिल्लो तथ्यांकमा भनेको छ कि आगामी अगष्ट महीनाको अन्तिम सम्ममा विभिन्न यूरोपेली देशहरुका करीब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ ।  रासस/ एएफपी

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More