Home विश्व अलिबाबाका संस्थापक ज्याक मा सार्वजनिक भएसँगै शेयर मूल्य ५ % ले वृद्धि

अलिबाबाका संस्थापक ज्याक मा सार्वजनिक भएसँगै शेयर मूल्य ५ % ले वृद्धि

by अर्थन्यूज

काठमाडौं – चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा बेखवर भएको करीब ३ महीना पछि सार्वजनिक रुपमा देखिएका छन् ।

चीनको तेस्रो धनीका रुपमा रहेका ज्याकमा पहिलोपटक बुधवार सार्वजनिक भएका छन् । उनी गत अक्टोबरदेखि सार्वजनिक रुपमा देखा परेका थिएनन् । सार्वजनिक स्थलमा नदेखिएसँगै ज्याक मा हराएको आशंका गरिएको थियो ।  

उनले शिक्षकहरुको एक सम्मेलनमा सम्बोधन गरेको ग्लोबल टाइम्सले बताएको छ । उनले भर्चुअल माध्यमबाट  उक्त सम्मेलनलाई सम्बोधन गरेका थिए । उनी सार्वजनिक भएसँगै अलिबाबा कम्पनीको शेयरमा सकारात्मक प्रभाव परेको छ ।

ज्याक मा सार्वजनिक भएको समाचारसँगै अलिबाबाको शेयरको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेको सीएनबीसीले आफ्नो वेबसाइटमा  समाचार छापेको छ । सीएनबीसी

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More