Home कर्पोरेट एनसेलको च्याटबोट सेवा ‘माया’ सुरु

एनसेलको च्याटबोट सेवा ‘माया’ सुरु

by अर्थन्यूज

काठमाडौं – मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले डिजिटल ट्रान्सर्फमेसन योजनाअनुरुप ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ ।

यो च्याट सेवाको डिजिटल प्लेटफर्ममार्फत ग्राहकले एनसेलको सेवा–सुविधाबारे जानकारी लिन सक्नेछन् । च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फर्वार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ । ग्राहकले च्याटबोटमार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासोहरू राख्न सक्छन् । च्याटबोट सेवा माघ ४ गतेदेखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्यान्डलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यस प्लेटफर्ममार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टर कार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा–सुविधाबारे जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरबारे जानकारी लिन तथा गुनासो राख्न सक्नेछन् । नवीन डिजिटल सेवाले ग्राहक सेवालाई थप परिस्कृत गर्न सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More