Home कर्पोरेट आईएमई पेको एपमा थप सुविधा

आईएमई पेको एपमा थप सुविधा

by अर्थन्यूज

काठमाडौं – आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अद्यावधिक गरिएको छ । यो सुविधासँगै प्रयोगकर्ताले डिजिटल वालेटको प्रयोगमा विशिष्ट खालको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

कम्पनीमा आबद्व कर्मचारी र विषय विज्ञहरूले वालेटको डिजाइनलाई आकर्षक र प्रयोगमा सरल, सुरक्षित एवं भरपर्दो बनाउन सकिन्छ भन्ने विषयमा लामो समयदेखि गर्दै नतिजास्वरूप आईएमईमा नयाँ सुविधा थपिएको कम्पनीले जानकारी दिएको छ ।

यस वालेट प्रयोगकर्ताका लागि अझ सहज र सुविधायूक्त हुने विश्वास कम्पनीको छ । एपलाई प्रयोगकर्तामैत्री बनाउन युआईसहित थप सेवा सुविधालाई परिभाषित गरिएको छ । चुस्त कार्यप्रणाली, सेवा क्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितताजस्ता मुख्य उद्देश्यलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकाले यसको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताको रोजाइमा पर्ने विश्वास कम्पनीको छ ।

बैंकिङ पहुँच भन्दा बाहिर रहेको ग्रामीण क्षेत्रलाई लक्षित गरेर यो एप ल्याइएको हो । उनीहरूलाई वित्तीयसेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारिएको कम्पनीले बताएको छ ।

आइएमई पे वालेटमा कम्तीमा १ हजार रुपैयाँ मौज्दात रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ । यसमा  पैसा पठाउने सेवा निशूल्क छ ।  आइएमई पेमा आवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘आइएमई पे’ एप प्रयोग गरी कारोबार गर्दा प्रतिकारोबार मात्र १ रुपैयाँबाट सेवाशुल्क सुरु हुनेछ । आईएमईका देशभर रहेका एजेन्टबाट आईएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एक पटक निशुल्क हुनेछ । यो सेवालाई थप प्रवद्र्घन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधा उपलब्ध गराउँदै आएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More