काठमाडौं – सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा लार्ज क्याप फण्ड’ इकाईको सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरिएको छ । सानिमा म्युचुअल फण्डले माघ ९ गते शुक्रबार (आज)देखि खुल्ला गरेको रु. १० दरको १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई कुनैपनि संघ संस्था तथा सर्वसाधारणहरुको लागि निष्कासन तथा विक्री खुल्ला गरेको हो ।
फण्डले १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखेको छ । उक्त इकाईमा माघ १३ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाईन प्रणलीमार्फत आवेदन दिन सकिनेछ । उक्त अवधिमा सम्पूर्ण इकाईको लागि आवेदन नपरेमा माघ २६ गतेसम्म समय थप गरिनेछ ।
यो योजना व्यवस्थापकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।