काठमाडौं – सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौतामा उक्त कम्पनीको तर्फबाट प्रबन्धक सञ्चालक निपेश तायल, एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, मेखबहादुर थापा हस्ताक्षर गरेका हुन् ।
उक्त कम्पनीले २ करोड कित्ता शेयर स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने छ । उक्त कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न माघ २२ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न सभा बोलाएको हो । सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।पश्चिम नेपालको दाङमा उक्त कम्पनीले सिमेन्ट उत्पादन गर्दै आएको छ ।