Home बैंकिङ मुक्तिनाथ विकास बैंकको खुद नाफा ६१ करोड ५५ लाख रुपैयाँ

मुक्तिनाथ विकास बैंकको खुद नाफा ६१ करोड ५५ लाख रुपैयाँ

by अर्थन्यूज

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ३०.२८ प्रतिशतले वृद्धि गरेर ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्ष बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

यस्तै, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ५.८० प्रतिशत र २८.१९ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब १६ करोड २४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ८६ करोड ५२ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकोले खुद नाफा पनि बढेको हो।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४२ पैसा  रहेको विवरणमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More