Home अपराध रारा सहकारीका संचालक करोडौं रकम लिएर फरार

रारा सहकारीका संचालक करोडौं रकम लिएर फरार

by अर्थन्यूज

विराटनगर ९ स्थित शनिमन्दिर रोडमा रहेको रारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवाग्राहीले बचत गरेको करोडौं रकम लिएर फरार भएको बचतकर्ताले आरोप लगाएका छन् ।
शेरबहादुर थापा मगर संचालकका अध्यक्ष रहेको सहकारीमा अहिले ताल्चा लगाइएको छ । बचतकर्ताहरुले लामो समयदेखी बचत गरेको रकम लिन जादा भोली आउनु पर्सि आउनु् भन्दै आफुहरुलाई झुलाएको गुनासो उनीहरुले गरेका छन् ।

पटक पटक पैसा दिने मिति तोक्दै आफुहरुलाई बैंकका संचालक शेरबहादुरले ढाट्ने गरेको आरोप लगाएका छन् । सहकारीले पैसा नदिएको भनेर यस अघि पनि आवर विराटनगरलाई बचतकर्ताहरुले गुहारेका थिए । तर माघ ८ गते विहीबारका दिन बचतकर्ताहरुले जम्मा दिने बैक र बचतकर्ता बीच सहमती भएको थियो ।
तर बचतकर्ताहरु पुनः बिहीबार पैसा लिन पुग्दा बैकमा ताला लगाइएको थियो । करिब २ दर्जन भन्दा बढी बचतककर्ताहरुले बैकका संचालक र कर्मचारीलाई फोन गर्दा पनि सम्पर्क हुन नसकेपछि उनीहरुले जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More