Home साधारण सभा गणपूरक सङ्ख्या नपुग्दा दोर्दीखोला जलविद्युतको साधारण सभाको मिति परिवर्तन

गणपूरक सङ्ख्या नपुग्दा दोर्दीखोला जलविद्युतको साधारण सभाको मिति परिवर्तन

by अर्थन्यूज

काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हिजाे माघ ९ गते, शुक्रबार, कम्पनीकाे कार्यालय, त्रिपुरेश्वर, काठमाडाैँमा गर्ने भनेकाे वार्षिक साधारण सभा गणपूरक सङ्ख्या नपुग्दा स्थगित भएकाे छ । त्यसैले, कम्पनीले पुन: साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे हिजाे माघ ९ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा माघ २६ गते, साेमबार, कम्पनीकाे कार्यालय, त्रिपुरेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि वेभिनार मार्फत सुरू हुनेछ ।

सभामा सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्कासन गर्ने सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ ।

यसका साथै सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More