Home साधारण सभा महालक्ष्मी लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा फागुन ३ गते

महालक्ष्मी लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा फागुन ३ गते

by अर्थन्यूज

काठमाडौं – महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा फागुन ३ गते सोमबार हुने भएको छ । कम्पनीले होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे सभा आयोजना गर्ने भएको हो । 

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७५/७६ को आय व्यय हिसाव, नाफा÷नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्नेछ । 

सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक निर्वाचन गर्नेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More