Home बैंकिङ राष्ट्रिय वाणिज्य बैंकले ५६ औं वार्षिकोत्सव कार्यक्रम भर्चुअल माध्यमबाट गर्याे

राष्ट्रिय वाणिज्य बैंकले ५६ औं वार्षिकोत्सव कार्यक्रम भर्चुअल माध्यमबाट गर्याे

by अर्थन्यूज

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५६ औं वार्षिकोत्सव मनाएको छ । बैंकले शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आथित्यतामा भर्चुअल माध्यमबाट वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा अर्थमन्त्री पौडेलले राष्ट्रिय वाणिज्य बैंक प्रति आम नागरिकको भरोसा, विश्वास रहेको बताए । उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले आम नागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए ।

त्यस्तै प्रमुख अतिथि अर्थमन्त्री पौडेलले बैंकले संचालनमा ल्याएको पाँचवटा शाखा कार्यालयहरु र पाँचवटा एक्टेन्सन काउन्टरहरुको एकसाथ भर्चुअल माध्यमबाट नै उद्घाटन गरेका थिए । ।
कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरु चालिएकाले बैंकको वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैंकले डिजिटल सेवालाई जोड दिईरहेको बताए । उनले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४२ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए ।
हाल देशभर बैंकले २४५ वटा शाखा कार्यालय, २०५ वटा एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर, ९३ वटा शाखारहित बैंकिङ्गमर्फत सेवा दिँदै आएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More