Home ऊर्जा मोलुङ्ग हाइड्रोपावर कम्पनीको ११औं वार्षिक साधारणसभा फागुन ६ गते

मोलुङ्ग हाइड्रोपावर कम्पनीको ११औं वार्षिक साधारणसभा फागुन ६ गते

by अर्थन्यूज

काठमाडौं – मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ११औं वार्षिक साधारणसभा फागुन ६ गते बिहीवार हुने भएको छ । कम्पनीले रजिष्टर्ड कार्यालय, रविभवन, काठमाडौंमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ । साधरण शेयर (आईपीओ) निष्कासन गर्ने सम्बन्धमा सभामा छलफल हुने कम्पनीले जनाएको छ । त्यस्तै शेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्ति गर्ने प्रस्ताव पनि पारित हुनेछ । 

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७६/७७ को आय व्यय हिसाव, नाफा÷नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्नेछ । 

त्यस्तै बैंक ऋण सार्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More