Home बैंकिङ एनसीसी बैंकद्वारा नप्सेलाई जवाफ: बैंकको तर्फबाट शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएको छैन

एनसीसी बैंकद्वारा नप्सेलाई जवाफ: बैंकको तर्फबाट शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएको छैन

by अर्थन्यूज

काठमाडौं – नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले शेयरमूल्यमा प्रभाव पार्ने कुनै पनि निर्णय नभएको जानकारी गराएको छ । 

आइतवार नेप्सेले सोधेको स्पष्टिकरणको जवाफ दिंदै उक्त कम्पनीले बैंकको तर्फबाट शेयरमूल्यलाई प्रभाव पार्ने कुनै पनि निर्णय नभएको बताएको छ । साथै उक्त कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई लाभांश सम्बन्धी सूचना समयमै उपलब्ध गराएको जानकारी गराएको छ । 

नेप्सेले आइतवार बैंकको शेयरमा उच्च खरीद चाप देखिएको भन्दै शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भए/  नभए बारे जानकारी दिन निर्देशन दिएको थियो । 

त्यसैगरी, उक्त कम्पनीले साधारण सभाले मर्जर तथा एक्विीजिसनमा जानको लागि बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको भए पनि यस विषयमा कुनै बैंक तथा वित्तीय संस्थासँग कुरा नभएको जानकारी गराएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More