काठमाडौं – सोमवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा सोमवार सुनको भाउ रू. २०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. २०० ले घटेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतवार प्रतितोला रू. एक हजार २६० मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।