Home बैंकिङ साढे ५० प्रतिशतले वृद्धि गर्दै कुमारी बैंकले कमायो १ अर्बभन्दा बढी नाफा

साढे ५० प्रतिशतले वृद्धि गर्दै कुमारी बैंकले कमायो १ अर्बभन्दा बढी नाफा

by अर्थन्यूज

काठमाडौं – कुमारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष बैंकको नाफा ५१ दशमलव ५० प्रतिशतले बढेको छ । 

गत वर्ष रू. ८० करोड ३० लाख ११ हजार खुद नाफा गरेको बैंकले यस वर्ष भने रू. १ अर्ब २१ करोड ६५ लाख ५८ हजार यो नाफा गर्न सफल भएको हो । यस अवधिसम्म बैंकको शेयरधनीहरुलाई लाभांश वितरण गर्न सक्ने वितरणयोग्य नाफा भने रू. ६३ करोड ७५ लाख ५५ हजार रहेको छ । बैंकले यस वर्ष ५३ दशमलव ४७ प्रतिशतले सञ्चालन नाफा बढाएकाले पनि खुद नाफा बढ्न सहयोग मिलेको हो ।

गत वर्ष रू. १ अर्ब १३ करोड ४० लाख ८२ हजार सञ्चालन नाफा गरेको बेंकले यस वर्ष रू. १ अर्ब ७४ करोड ५ लाख २३ हजार यो नाफा गरेको छ । यस वर्ष बैंकले रू. २ अर्ब ४९ करोड ७७ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत वर्ष रू. १ अर्ब ८२ करोड २९ लाख ४२ हजार मात्र थियो ।

१० दशमलव ८५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार पुर्‍याएको बैंकको जगेडा कोष रकम पनि साढे २२ प्रतिशतले बढेर रू. ३ अर्ब ५० करोड २८ लाख ४५ हजार कायम भएको छ । 

बैंकको यस वर्षसम्म शेयर प्रिमियममा रू. ८ करोड ८८ लाख ४ हजार र रिटर्न अर्निङमा रू. ८५ करोड ३३ लाख ६९ हजार रहेको छ ।

गत वर्ष रू. १ खर्ब १६ अर्ब ५४ करोड ७० लाख ३३ हजार निक्षेप संकलन गरेको बैंकले यस वर्ष ५ दशमलव ३० प्रतिशत बढी रू. १ खर्ब २२ अर्ब ७२ करोड ८८ लाख २८ हजार संकलन गरेको छ । 

कर्जा प्रवाह गत वर्षभन्दा यस वर्ष करीब ४ प्रतिशत बढेको छ । गत वर्ष रू. १ खर्ब १० अर्ब ७१ करोड ७२ लाख ५९ हजार कर्जा प्रवाह गरेको बैंकले यस वर्ष रू. १ खर्ब १४ अर्ब ७३ करोड ८९ लाख ८६ हजार कर्जा प्रवाह गरेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष ११ दशमलव ५२ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष १४ दशमलव ९१ प्रतिशत पुगेको हो । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ५३ र प्रतिशेयर नेटवर्थ रू.१३० दशमलव ८२ छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More