Home कर्पोरेट इसेवा १२ औं वर्षमा, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो

इसेवा १२ औं वर्षमा, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो

by अर्थन्यूज

काठमाडौं – नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औं वर्षमा प्रवेश गरेको छ ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको इसेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बन्न सफल भएको इसेवा फोनपे प्रालिले बताएको छ ।  

कम्पनीले  उक्त अवधिमा इसेवा मुलुकका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्र निर्माण गर्ने अभियानमा ठूलो योगदान दिन सफल भएको पनि बताएको छ । 
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ । कम्पनीले अप्रत्यक्ष रूपमा करीब १ करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेको बताएको छ ।

हाल इसेवाका देशभर करीब १ लाखभन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या १ लाख ८५ हजार नाघिसकेका छन् । कम्पनी १२ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले कुराकानीका लागि मात्र सिमित भएको मोबाईललाई वित्तीय कारोबार गर्ने महत्पपूर्ण माध्यम बनाउन सफल भएको बताएका छन् ।

उनले आगामी दिनमा इसेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुसनका रूपमा विकास गर्दै लैजाने पनि बताएका छन् । आगामी दिनमा पनि आम मानिसको जनजीवनमा सहजता ल्याउने खालका सेवा विस्तार गर्दै अगाडि बढ्ने योजना रहेको कम्पनीले बताएको छ ।

तीनजना युवाको परिकल्पनाबाट शुरू भएको एफवानसफ्ट कम्पनी अन्तर्गत इसेवासँगै हाल करीब १२ ओटा कम्पनी सञ्चालनमा छन् । 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More