Home बजार बुधवारपनि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

बुधवारपनि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

by अर्थन्यूज

काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य घटेको छ । स्थानिय बजारमा बुधवार सुनको भाउ रू. ७०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ७०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको थियो । 

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. एक हजार २५५ मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू. एक हजार २५० मा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू. ५ ले घटेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More