Home कृषि साढे १० करोड लागतमा चिस्यान केन्द्र निर्माण हुँदै

साढे १० करोड लागतमा चिस्यान केन्द्र निर्माण हुँदै

by अर्थन्यूज

धनगढी – धनगढी उपमहानगरपालिकामा संघीय सरकारको साढे १० करोड रुपैयाँ लागतमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । धनगढी उपमहानगरपालिका–१९ मा चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी चिस्यान केन्द्रको निर्माण भइरहेको छ ।

चिस्यान केन्द्र निर्माणको करीब ६० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनी रविना कन्स्ट्रक्सनका प्रोजेक्ट इन्जिनियर नवीन भण्डारीले बताए । तोकिएकै समयमा निर्माण सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको उनको भनाइ छ । कोभिड–१९ का कारण ६ महीना म्याद थप गरी निर्माण तीव्र पारिएको छ ।

सम्झौता अनुसार मङ्सिरमै चिस्यान केन्द्र निर्माण सक्नुपर्ने थियो । तर कोभिडका कारण लामो समय निर्माण प्रभावित बनेको थियो ।

१५ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्रमा २ हजार मेट्रिकटन भण्डारण क्षमता रहेको छ । स्थानीयस्तरमा उत्पादित तरकारी यहाँ भण्डारण गरिनेछ ।

चिस्यान केन्द्र नहुँदा यस क्षेत्रमा उत्पादित तरकारी तथा खाद्यान्न भण्डारणमा समस्या हुँदै आएको छ । चिस्यान केन्द्र निर्माणपछि किसानले मौसमी तथा बेमौसमी कृषि उपज भण्डारण गरेर उचित मूल्यमा बेच्न सक्ने कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले बताए । साथै यस क्षेत्रका किसानलाई तरकारी खेतीतर्फ प्रेरित गर्न चिस्यान केन्द्र सहयोगी हुने अपेक्षा उनले गरे ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More