Home बैंकिङ हिमालयन बैंकको नाफामा ६२.५० प्रतिशतले कमी

हिमालयन बैंकको नाफामा ६२.५० प्रतिशतले कमी

by अर्थन्यूज

काठमाडौं – हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा खुद नाफा गत आर्थिक वर्षको तुलनामा ६२.५० प्रतिशतले कमी आएको हो । 

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा  रु. १ अर्ब ७४ करोड खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा  रु. ६५ करोड ३२ लाख खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा रु. १ अर्बभन्दा बढीले कम हो ।

बैंकको खुद ब्याज आम्दानी रु. २ अर्ब ५७ करोडबाट घटेर  रु. १ अर्ब ७५ करोडमा झरेको छ । त्यसैगरी, अन्य सञ्चालन आम्दानी रु. ७ करोड ७२ लाखबाट घटेर १ करोड ९३ लाख रुपैयाँ झरेको छ । जसले गर्दा बैंकको सञ्चालन नाफा पनि घटेर रु. ९८ करोडमा झरेको छ । गत वर्ष यस्तो नाफा २ अर्ब ११ करोड थियो ।

बैंकले खर्च भने खासै बढ्न दिएको छैन । उसको कर्मचारी खर्च रु. ८८ करोडबाट ७४ करोडमा झरेको छ भने अन्य सञ्चालन आम्दानी पनि झण्डै रु. ७ लाख घटाएको छ । हाल बैंकको चुक्तापूँजी रु. १० अर्ब ६८ करोड रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More