Home बैंकिङविकास बैंक ज्योति विकास बैंकको सभाले गर्‍यो १० प्रतिशत लाभांश पारित

ज्योति विकास बैंकको सभाले गर्‍यो १० प्रतिशत लाभांश पारित

by अर्थन्यूज

काठमाडौं – ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ । सभा भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।

उक्त सभाले कम्पनीको आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम भएको चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

१० प्रतिशत बोनश शेयर पारित गरे पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ ।

साधारण सभाले कम्पनीको संस्थापक सेयरधनी समूहको तर्फबाट हरिप्रसाद, हरिचन्द्र खड्का सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट  नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तियविवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More